परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान) को ४८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले ठूलो सहयोगदातामध्ये एक जापानले नेपाललाई शर्त बिना नै सहयोग गरिरहेको बताए । उनले विपद् तथा महामारीमा समेत जापानले उल्लेखनीय सहयोग गरेको भन्दै त्यहाँको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्नेमा जोड दिएका छन् । नेपाल–जापानबीच सन् १९५६ मा सम्बन्ध स्थापित भए पनि त्यसको दुई वर्षअघिदेखि नेपाललाई सहयोग गर्दै आइरहेको उनले जानकारी गराए ।
कार्यक्रममा एशोसिएशनद्वारा प्रकाशित मिलन पत्रिका विमोचन गरिएको थियो ।
सम्बन्धित समाचारहरु:
नेपाली जनता दलको छैटौँ महाधिवेशन भदौ पहिलो साता
संसद्मा कांग्रेसको अवरोध कायमै
विश्वभर एक दिनमा एक अर्ब डलरको खाना खेर जान्छ
प्रधानमन्त्री दाहालद्वारा बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई ...
लगानीकर्तालाई प्रधानमन्त्रीको आह्वान- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ
एनसिबी र राहदानी विभागबीच समझदारी