दोहा वार्तामा अफगानिस्तान सहभागी हुने

सारांश :

काबुल । कतारको राजधानी दोहामा हुने अफगानिस्तानसम्बन्धी तेस्रो चरणको वार्तामा तालिवान अधिकारीहरू सहभागी हुनेभएका छन् ।

संयुक्त राष्ट्रसङ्घले आयोजना गरेको अफगानिस्तानका लागि विशेष दूतहरूको दुई दिने सम्मेलनमा तालिवान अधिकारीहरूको सहभागिता र पहिलो चरणमा समावेश नभएपछि र त्यसपछि फेब्रुअरीमा दोस्रो चरणको निमन्त्रणा अस्वीकार गरेपछि उनीहरूको सहभागितामाथि शङ्का गरिएको थियो ।

तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले जुन ३० देखि सुरु हुने वार्ताबारे आइतबार एएफपीसँग भने, “अफगानिस्तान (इस्लामिक इमिरेट्स)को एक प्रतिनिधिमण्डलले आगामी दोहा सम्मेलनमा भाग लिई आफ्नो धारण व्यक्त गर्नेछन् ।” 

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!