थप ७ जनामा कोरोना संक्रमण पुष्टि

सारांश :

virus, isolated, corona-4930122.jpg

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ४६ पिसिआर परिक्षणका क्रममा ६ जना र १ हजार २ सय ३९ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय १३ जना निको भएका छन् । हाल नेपालमा १ सय ३९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!