कांग्रेसले मकवानपुरबाट सुरु गर्‍यो स्थानीय तह निर्वाचनको समीक्षा

सारांश :

मकवानपुर । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन सम्पन्न भएको २८ महिनापछि निर्वाचनको समीक्षा सुरु गरेको छ । कांग्रेसले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठनमा गरेको ढिलाइका कारण विसं २०७९ वैशाखमा सम्पन्न निर्वाचनको समीक्षा भदौ अन्तिमबाट सुरु गरेको हो ।


पार्टीले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठन गरेपछि विभागले आफ्नो पहिलो कार्यक्रम आइतबार बागमती प्रदेशको राजधानी हेटौँडाबाट सुरु गरेको कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, वडाअध्यक्ष तथा सदस्यहरू एवम् उम्मेदवारसहित  निर्वाचनको समीक्षा र आगामी योजनाबारे छलफल भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई मजबुद बनाउँदै समग्र जनताको हितमा काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । उहाँले समग्र राजनीतिक विषयका साथै जनप्रतिनिधि र आमजनताबीच कसरी सम्बन्ध प्रगाढ बनाउन सकिन्छ भन्ने विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले राष्ट्रियता, समाजवाद र लोकतन्त्रको पक्षधर भएकाले कांग्रेसमा आवद्ध हरेक नेता, कार्यकर्ताले जनताको घरदैलोमा पुगेर समस्या समाधान गर्नुपर्ने आवश्यकता  औँल्याउनुभयो । उहाँले जनहितको सवालमा आफूले जुनसुकै अवस्थामा सहयोग गर्न तयार रहेको पनि बताउनुभयो । कार्यक्रममा विभागका प्रमुख एवम् पार्टी केन्द्रीय सदस्य मधु आचार्यलगायतको टोलीले जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!