२५ सय ६६ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

सारांश :

२५ सय ६६ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

लुम्बिनीमा ईसापूर्व ५४३ अर्थात् २५६६ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उहाँले ज्ञान प्राप्त गर्नुभएको थियो भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गर्नुभएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरवार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो । ६ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्त भएपछि भगवान् बुद्धका रुपमा उहाँले प्रसिद्धि पाउनुभयो । वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ । बुद्ध जयन्तीका अवसरका काठमाडौंको स्वयम्भू र बौद्धनाथमा धर्मालम्वीको भीड लागेको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!