बजेट अधिवेशन सहज रुपमा सञ्चालन हुन्छ -सभामुख अग्निप्रसाद सापकोटा

सारांश :

सभामुख अग्निप्रसाद सापकोटाले संसद्को बजेट अधिवेशन सहज रुपमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् ।

सोमबार संसद भवनको अवलोकन गर्दै सभामुख सापकोटाले बजेट अधिवेशन निकै महत्वपूण रहेको भन्दै सहज रुपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । यसअघि एमालेले लगातार संसद बैठकमा विरोध गर्दै आएको छ । सभामुख सापकोटाले बजेट अधिवेशनअघि सदनलाई सहज रुपमा सञ्चालन गर्न दलका प्रतिनिधिहरुसंग छलफल गर्ने बताएका छन् । उनले बजेट अधिवेशन मूल रुपमा बजेटमै केन्द्रित हुने भएपछि सुरुमा केहि अध्यादेश पेश हुने बताए । सभामुख सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाअभियोगलाई अघि बढाउने बिषयमा भने बिषयमा कार्यव्यवस्थामा छलफल हुने धारणा राखेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अपरान्ह चारबजेका लागि संघीय संसदको बजेट अधिवेशन आह्वान गरेकी छिन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!