धादिङ । धादिङको जंगलमा भएको आगलागीको घटना अझै रोकिएको छैन । जंगलमा मानिसले आफ्नो स्वार्थका लागि डढेलो लगाएको पाइएको छ भने केही स्थानमा आफैँ डढेलो लागेर ठूलो क्षति हुन पुगेको छ ।
बनमा मानिसले लगाएको डढेलोका कारण नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टेका एक घर र २ गोठ जलेर नष्ट भएसंगै सो परिवार घरबार बिहिन भएको प्रहरीले बताएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ५ धावेपाखाको बनमा लागेको डढेलोका कारण पुरै जंगल नष्ट भएको छ भने स्थानीय कल्पना ढुंगेलको घर, बाख्रा फर्म, कुखुरा फर्म, गाइको गोठ र भैसी गोठ जलेर नष्ट भएको छ ।
घरमा मानिस नभएको बेला डडेलोबाट आगलागी भएपछि खानेकुरा, कपडा तथा अन्य घरमा रहेको सबै चिज जलेर नष्ट भएपछि परिवार विचल्लीमा परेको पीडितले आफ्नोबारे जानकारी दिएकी हुन् । घटनाबारे प्रहरीले समेत सर्वजमिन मुचुल्का गरेको छ ।
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts