उभौली पर्व भूमेस्थानमा पूजा आराधना गरी मनाइयो

सारांश :

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व सोमबार देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ ।

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । उभौली पर्वमा किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । सोमबार काठमाडौंमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा पूजा आराधना गरिएको छ । किराँत राई यायोक्खाका पूर्व उपाध्यक्ष मणिकुमार राईले खेतापाती राम्रो होस भनेर पूजा आजा गर्ने गरिएको बताएका छन् ।

किराँत समूदायले उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउने गर्दछन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!