काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ प्रतिताेला नाै सय रुपैयाँले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।
गत आइतबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ७०० र साेमबार १ लाख ४६ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने केही घटेकाे छ । अघिल्लो दिन तोलामा १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले घटेर १ हजार ८७५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts