अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि फेरि गोली प्रहार

सारांश :

न्युयोर्क । डोनाल्ड ट्रम्पमाथि आइतबार वेस्ट बाम पिचमा गल्फ खेलीरहेको समयमा गोली प्रहार भएको छ ।  दुई महिनामा उनीमाथि आक्रमण भएकाे याे दोस्रो पटक हाे ।

सुरक्षा अधिकारीका अनुसार कोही निजी सशस्त्र व्यक्तिको लक्ष्य नै ट्रम्पमाथि प्रहार गर्ने थियाे । ती व्यक्ति गिरफ्तार भइसकेका छन् । उनको नाम रेन विस्ली राउथ भएको जनाइएको छ ।

घटना लगत्तै वासिङ्टनमा रहेका राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र सुरक्षा अधिकृतले यस बारेमा चासो लिँदै विज्ञप्ति जारी गरेका थिए । यो घटना भएको स्थान दक्षिणी फ्लोरिडा हो । त्यसपछि शङ्कास्पद व्यक्ति गिरफ्तार भएका छन् ।

घटना हुँदा ट्रम्प पाँचौँ र छैटौँ होलको बीचमा थिए । शङ्कास्पद व्यक्ति धेरै परको होलमा थिए । फ्लोरिडामा रिपब्लिक प्रतिनिधि माइकल वालट्जले जुलाई घटनापछि नै आफूले यसमा सावधान रहन सुरक्षा निकायलाई सचेत गराएको बताएका छन् । १३ जुलाइमा पेनेसेल्भिनयामा भएको घटनाको छानबिन गर्न गठित ६ डेमोक्र्याट र ७ रिपब्लिकको संसदीय समितिमा छन् । घटनापछि वेस्ट पाम बिचमा रहेको ट्रम्प अभियानको कार्यालय बन्द गरिएको छ। एजेन्सी 

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!