सुनकाे मूल्यले राख्याे नयाँ रेकर्ड, तोलाको कति ?

सारांश :

काठमाडौँ ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा  १ हजार ६०० रुपैयाँले बढेर  १ लाख ४० हजार रुपैयाँ पुगेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज  १ लाख ४० हजार रुपैयाँ पुगेको हो ।  

यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।  यस्तै चाँदीको मूल्य पनि आज तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७४५ रुपैयाँ कारोबार भएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!