तान्जानियामा बाढीका कारण ५८ जनाको मृत्यु

सारांश :

एजेन्सी । पूर्वी अफ्रिकी देश तान्जानियामा भारी वर्षा जारी रहँदा गत दुई हप्तामा बाढीका कारण ५८ जनाको मृत्यु भएको सरकारले जनाएको छ ।

तान्जानिया सरकारका अनुसार तटीय क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र उक्त क्षेत्रमा बाढीले एक लाख २६ हजार ८३१ जना विस्थापित भएका छन् । सरकारका प्रवक्ता मोभरे माटिनीले प्रभावितहरूलाई खाद्यान्नसहित आवश्यक आपूर्ति वितरण गरिएको बताए ।

तान्जानियाले भविष्यमा बाढी रोक्न आवश्यक बाँध निर्माण गर्ने योजना बनाएको उनले बताए । केन्यामा पनि अहिलेसम्म कम्तिमा १३ जनाको मृत्यु भएको जनाइएको छ ।

बाढीका कारण पूर्वाधार पनि क्षतिग्रस्त हुनुका साथै प्रवावित क्षेत्रमा बसोबास गर्नेहरूलाई  सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ । यस महिनाको अन्त्य सम्ममा वर्षा चरम सीमामा पुग्ने अनुमान गरिएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!