लिभरपुलद्वारा लेस्टर पराजित

सारांश :

काठमाडौं : प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई ३-० ले पराजित गरेको छ । गएरातिको यस जितपछि लिभरपुलले शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना पनि कायम राखेको छ ।

लेस्टरको मैदानमा भएको खेलमा लिभरपुलका लागि कर्टिस जोन्सले दुई तथा अलेक्जान्डर आर्नोल्डले दुई गोल गरे । कर्टिस जोन्सले पहिलो होमा ३३औं र ३६औं मिनेटमा गोल गरे ।

अलेक्जान्डर आर्नोल्डले ७१औं मिनेटमा गोल गरेका थिए । तीन गोलका लागि मोहमद सलाहले असिस्ट गरेका थिए । जितपछि लिभरपुल ३६ खेलबाट ६५ अंक जोडेर पाँचौ स्थानमै कायम छ । तर लिभरपुलले तेस्रो स्थानको न्युकासल र चौथो स्थानको म्यानचेष्टर युनाइटेडसँग अंक दुरी एकमा झारेको छ । तर न्युकासल र म्यानचेष्टर युनाइटेडले एक-एक खेल कम खेलेका छन् ।

शीर्ष चारमा पर्ने होडमा न्युकासल, युनाइटेड र लिभरपुलसँगै ब्राइटन पनि छ । ३४ खेलबाट ५८ अंक जोडेको ब्राइटन छैटौं स्थानमा छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!