काठमाडौँ । आज २०८१ साल वैशाख ४ गते मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २३ पैसा र बिक्री दर १३३ रुपैयाँ ८३ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४२ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts