दैलेख : दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । गएराति करिब साढे १० बजेतिर चट्याङ लाग्दा डुंगेश्वर गाउँपालिका-२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
उनीहरु घरभित्रै सुतिरहेका बेला चट्याङ लागेको थियो । घाइते भएकाहरुको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई गएराति नै एम्बुलेन्समार्फत दैलेख अस्पताल पुर्याइएको थियो ।
सम्बन्धित समाचारहरु:
निर्वाचनको परिणाम एमालेको पक्षमा आउछ -अध्यक्ष केपी शर्मा ओली
मङ्सिरमै तराईमा चिसोको कहर बढ्याे
कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ
बजेट अधिवेशन सहज रुपमा सञ्चालन हुन्छ -सभामुख अग्निप्रसाद सापकोटा
रास्वपाद्वारा टुँडिखेल घटनाबारे ध्यानाकर्षण
मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ७५० चालक कारबाहीमा