काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
शुक्रबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएको श्रम मन्त्री डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिएका छन् ।
सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि देखाएको थियो । यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख एआइजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको तयारी भएको छ ।
सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले दिएका प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको जनाइएको छ । माघ १७ गते जाँचबुझ आयोगले बज्राचार्यलाई सोधपुछको लागि बोलाएको थियो ।
सुन तस्करीसम्बन्धी अनुसन्धानमा गम्भीर त्रुटि देखिएको भन्दै आयोगले बज्राचार्यलाई कारबाहीको सिफारिस गरेको छ ।
सम्बन्धित समाचारहरु:
एमाले आज नयाँ गठबन्धबारे छलफल गर्न सचिवालय बैठक बस्दै
कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ
‘लोकतन्त्रको रक्षार्थ अदालत र प्रेस सँगसँगै उभिनुपर्छ'
नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड
आगामी आर्थिक वर्षदेखि राससले २४सै घण्टा सेवा प्रवाह गर्ने : सञ्चारमन्त्री शर्मा
फास्टट्रयाकको अनुगमनमा जाँदै प्रधानमन्त्री ओली