काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
शुक्रबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएको श्रम मन्त्री डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिएका छन् ।
सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि देखाएको थियो । यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख एआइजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको तयारी भएको छ ।
सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले दिएका प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको जनाइएको छ । माघ १७ गते जाँचबुझ आयोगले बज्राचार्यलाई सोधपुछको लागि बोलाएको थियो ।
सुन तस्करीसम्बन्धी अनुसन्धानमा गम्भीर त्रुटि देखिएको भन्दै आयोगले बज्राचार्यलाई कारबाहीको सिफारिस गरेको छ ।
सम्बन्धित समाचारहरु:
नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा सदस्यले उठाएको प्रश्नमा आज प्रधानमन्त्री प्र...
कांग्रेस कास्कीमा संस्थापन पक्षका बराल विजयी
दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ : प्रधानमन्त्री
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढ्योः योगेश भट्टराई
सरकारबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै