काठमाडौं । सगरमाथा क्षेत्र भ्रमणमा पुगेका कोरियाली नागरिक अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ को लडेर ज्यान गएको छ ।
प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उनको ओलम्पिक हिमाल आरोहण गरेर फर्कंदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा गत फागुन २८ गते लडेर ज्यान गएको बताएका छन् । बाटोबाट चिप्लिएर लडेका ह्युनचल करिब दुई मिटर तल खसेको प्रहरीले जनाएको छ ।
मृतकको शव हेलिकप्टरमार्फत उद्धार गरेर लुक्ला ल्याइएको र कानुनी प्रक्रिया पूरा गरी शवपरीक्षण लागि काठमाडौंको शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन् ।
मृतक ह्युनचल फागुन २१ गते एटेक्स कम्पनीमार्फत हिमाल आरोहणका लागि खुम्बु पुगेको जनाइएको छ ।
सम्बन्धित समाचारहरु:
सञ्चालनमा आयो नेपालगन्ज एकीकृत जाँचचौकी
पाँच दलीय सत्तागठबन्धनलाई बलियो बनाएर अघि बढ्नुपर्छ - नेता बालकृष्ण खाण
गठबन्धन फेरिएपछि पहिलोपटक संसद्मा प्रधानमन्त्रीको सम्बोधन
स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका अन्यको चर्चा गर्न आवश्यक छैन -अध्यक्ष केप...
घोडाघोडी नगरपालिकामा नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य सेवामा सहज
महको बजारीकरण गरिदिन कृषिमन्त्रीसमक्ष किसानको माग