
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेबिरुद्ध एकजुट हुनुपर्ने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा एमाले नुवाकोटका नेता माधव पाण्डे लगाएतलाई माओवादी प्रवेश गराउदै प्रचण्डले यसअघि पनि संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षडयन्त्र भएको भन्दै परिवर्तन उल्ट्याउन खोज्नेबिरुद्ध एकजुट हुनुपर्ने बताएका हुन् ।
उनले देश र बिकासको नेतृत्व गर्ने माओवादी नै भएको दावी गरे । देशका मधेशी, थारु, आदिवासी लगाएत सबै समूदायको पहिचान र अधिकार माओवादी कै कारण भएको उनले बताए ।
कार्यक्रममा मधेश र सुदूरपश्चिम क्षेत्रका बिभिन्न दलआवद्ध कार्यकर्ताहरुलाइ पनि माओवादी प्रवेश गराइएको थियो ।
सम्बन्धित समाचारहरु:
आँबुखैरेनी बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १६ जना घाइते
सन्दीप लामिछाने निर्दोष ठहरिए
त्रिभुवन विमानस्थलमा यसरी गरियो उद्धार अभ्यास
सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही हुन्छ : रवि लामिछाने
मुख्यमन्त्री कार्की भन्छन् : पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ
माओवादी केन्द्रको मधेस प्रदेशको परामर्श बैठक बर्दिबासमा सुरु