असिना पानीले तरकारी खेतीमा क्षति

सारांश :

कपिलवस्तुमा असिना पानीले तरकारी खेतीमा क्षति पुगेको छ ।

केहिदिन अघिको असिना पानी र हावाहुरीले कृषकका तरकारीबालीमा ठूलो क्षति पुर्याएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ लुम्बिनी बहुउदेश्यीय एग्रीकल्चर प्रा.ली लखनपारामा ठूलो असिना पानीले तरकारी बालीमा ठूलो क्षति पु¥याएको एग्रीकल्चर प्रा.ली का अध्यक्ष पिताम्बर पोख्रेलले जानकारी दिनु भयो । असिना पानीले करेला, लौका, तरबुजा, खुर्सानी, घिरौला, फर्सि, बोडी लगाएत तरकारमा क्षति हुदाँ लाखौँको नोक्सानी भएको बताउनु भयो ।

विक्रीका लागि तयार भएको १० कठा जमिनको करेला, १५ कठ्ठामा तरबुजा ,१५ कठ्ठा फर्सि, ५ कठामा घिरौला, र १० कठामा लगाइएको बोडी पूर्णरुपमा नष्ट हुर्दा २५ लाख बराबरको मुल्यको क्षति भएको उहाले बताउनुभयो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!