गठबन्धनले अग्रता लिँदै

सारांश :

निर्वाचनबाट लोकतन्त्र थप संस्थागतइश्वरचन्द्र झाकाठमाडौँ, वैशाख ३१ गते स्थानीय तहको दोस्रो निर्वाचन समयमै हुनु लोकतन्त्रलाई संस्थागत गर्न र लोकतन्त्रप्रतिको आस्थालाई बलियो बनाउन महìवपूर्ण हुने निर्वाचन विज्ञहरूले बताउनुभएको छ । मतगणनाको परिणाम हेर्दा अधिकांश स्थानमा प्रमुख राजनीतिक दलहरूबीच प्रतिस्पर्धा देखिएको छ । शनिबार राति अबेरसम्म भएका गणनामा सत्तारूढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

स्थानीय निर्वाचनको मिति घोषणापछि तयारी अन्तिम चरणमा पुगिसक्दासमेत निर्वाचन हुने-नहुने भ्रम र शङ्का थियो । प्रक्रियागत रूपमै तोकिएको समयमै स्थानीय निर्वाचन हुनुलाई आफूले सकारात्मक रूपमा लिएको पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पठाएका प्रतिनिधिले काम गरे, उहाँहरूमा ऐन, कानुन बनाउने क्षमता अभिवृद्धि भयो, यो अभ्यास अझै सशक्त हुँदै जाने हो, जुन लोकतन्त्रका लागि सकारात्मक हो ।”स्थानीय सरकारमा बसेर विकासका लागि थुप्रै गर्न सकिन्छ भन्ने भावना विकसित हुनु स्थानीय सरकारको सकारात्मक पक्ष रहेको उहाँले बताउनुुभयो । उहाँले भन्नुुभयो, “तर त्यहाँ बसेर नै शक्ति आर्जन गर्न सकिने तथा जसरी पनि चुनिनुपर्ने भावना विकसित हुनु कमजोरीको रूपमा देखापरेको छ ।” निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त दोलखबहादुर गुरुङले भन्नुुभयो, “छोटो समयकै व्यवस्थापकीय तयारीमा उत्साहजनक मतदान हुनु यो निर्वाचनको सकारात्मक पक्ष हो । यसमा सबै जना खुसी हुनुपर्छ ।” यद्यपि दलहरूबीचको अस्वस्थ स्पर्धा र सुरक्षाको भरपर्दो व्यवस्था नहुँदा चुनावको विश्वसनीयतामाथि प्रश्न उठ्ने भएकोले आयोग र स्वयं राजनीतिक दलहरूले चुनावमा देखिएका कमी कमजोरीलाई आगामी हुने निर्वाचनमा सुधार गर्नुपर्ने उहाँको धारणा छ । पूर्वप्रमुख आयुक्त उप्रेतीका अनुसार आगामी निर्वाचनअघि नै राजनीतिक दलहरूले लोकतान्त्रिक अभ्यास, गतिविधि र संस्कारबारे तलसम्म प्रशिक्षित गर्नुपर्ने देखिएको छ ।

विगतमा दलका कार्यकर्ताले नै । बुथ क्याप्चर’ गर्ने, ठूल्ठूला ब्यानर लगाउने, पर्खालमा चुनाव चिह्न र प्रचार सामग्री अङ्कित गर्ने, एकै व्यक्तिले कैयौँ पटक मतदान गर्नेजस्ता गलत अभ्यास हुँदै आएको थियो । पूर्वनिर्वाचन आयुक्त इला शर्मा यी सबै गलत अभ्यास विस्तारै घटेको बताउनुुहुन्छ । उहाँले भन्नुुभयो, “यस्ता गतिविधि कम हुनुुले निर्वाचनको विश्वसनीयता, निष्पक्षतालाई अझै सशक्त बनाउने गर्छ ।” प्रक्रियागत चुनावको मिति घोषणा गर्नुपर्ने अधिकारसमेत निर्वाचन आयोगलाई हुनुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुुभयो, “लोकतन्त्रको मुटु मानिएको आवधिक निर्वाचन समयमै हुनुपर्छ ।

त्यसका लागि आयोगलाई बढी जिम्मेवार बनाउनुुपर्छ ।” पूर्वप्रमुख आयुक्त उप्रेतीले आगामी दिनमा प्रणाली र प्रक्रियामा सुधार तथा प्रविधिमा आधुनिकीकरण र विचार तथा नीति कार्यक्रम एवं दर्शनको आधारमा चुनावमा स्पर्धा हुने वातावरण बन्नुपर्ने धारणा राख्नुुभयो । मतदान वैशाख ३० गते नै सम्पन्न भए पनि अन्तिम परिणाम आउन बढीमा दुई साताभन्दा बढी लाग्ने देखिन्छ । यद्यपि प्रारम्भिक रुझानलाई हेर्दा “काठमाडौँजस्तो शहरी र शिक्षित भागमा युवाप्रति आकर्षण देखिएको छ, युवाले पारदर्शिता, आधुनिकीकरण, प्रविधिमैत्री खोजेको छ, यसले परिवर्तनको सङ्केत गरेको छ, राजनीतिक दलले यसप्रति सचेत भएर आफ्नो कार्यक्रम तयार गर्नुपर्ने” उप्रेतीले जोड दिनुभयो । प्रारम्भिक मतगणनामा प्रमुख राजनीतिक दलहरूबीच नै प्रतिस्पर्धा देखिएको छ । “देश विकासको एजेन्डामा राजनीतिक दल एकमत भएर जानुपर्ने स्थानीय निर्वाचन २०७९ ले सन्देश दिएको” पूर्वआयुक्त गुरुङको बुझाइ छ । जनताले पछिल्लो पाँच वर्षको जनप्रतिनिधिको कार्यसम्पादनलाई मूल्याङ्कन गरेर नै मत जाहेर गरेको हुनुपर्ने पूर्वआयुक्त शर्मा बताउनुहुन्छ ।

निर्वाचनले आगामी दिनमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई थोरै भए पनि प्रभावित पार्ने उहाँको धारणा छ । बाँकी पृष्ठ २ मा बाँकी पृष्ठ २ मामतगणनाको परिणाम हेर्दा अधिकांश स्थानमा प्रमुख राजनीतिक दलहरूबीच प्रतिस्पर्धा देखिएको छ । शनिबार राति अबेरसम्म भएका गणनामा सत्तारूढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रमको जन्मस्थलमा काँग्रेस विजयीपुष्कर भण्डारीडडेल्धुरा, वैशाख ३१ गतेडडेल्धुराको गन्यापधुरा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । सो गाउँपालिका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको जन्मस्थल हो । काँग्रेसबाट अध्यक्षका उम्मेदवार इन्द्रबहादुर कार्कीले तीन हजार १८४ मत प्राप्त गरी विजयी हुुनुभयो । अध्यक्षका अर्का उम्मेदवार काँग्रेस (बीपी)का सुरेन्द्रबहादुर मालीले एक हजार ७०३ मत र नेकपा (एमाले)का इन्द्र महराले एक हजार ७०३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दिलीप तामाङले जानकारी दिनुभयो ।

उपाध्यक्षका काँग्रेसका उम्मेदवार ज्ञानु सेटीले तीन हजार १३ मत प्राप्त गरी निर्वाचित हुनुुभयो ।गन्यापधुरा गाउँपालिका–३ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार चक्र देउवा, वडा नम्बर २ मा मनोज देउवा, वडा नम्बर ४ मा नरेन्द्र भट्ट विजयी हुनुभएको छ । त्यसैगरी वडा नं. ५ मा नेपाली काँग्रेसका सीपी रोस्यारा, वडा नम्बर १ मा काँग्रेस (बीपी)का नरेश भण्डारी विजयी हुनुभएको छ ।

Source -Gorkha Patra

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!