शुक्रबारबाट राष्ट्रिय ललितकला प्रदर्शनी सुरु

सारांश :

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा शुक्रबारबाट काठमाडौंमा राष्ट्रिय ललितकला प्रदर्शनी २०७९ सुरु भएको छ ।

प्रदर्शनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो । सो क्रममा उपराष्ट्रपति पुनले राष्ट्रिय विभूति अरनिकोदेखिका कलाकारले कलाका माध्यमबाट विश्वमा नेपालको शिर उँचो बनाउने काम गरेको बबताएका थिए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले प्रदर्शनी एक महिनासम्म चल्ने जानकारी दिएका छन् । प्रदर्शनीमा ३६५ कलाकारका ४२६ चित्र समावेश गरिएको जानकारी छ ।

कार्यक्रममा उपराष्ट्रपति पुनले रु एक÷एक लाख राशि रहेको ‘अरनीको प्राज्ञ सम्मान’ अग्रज कलाकार कृष्ण मानन्धर र सूर्यबहादुर चित्रकारलाई प्रदान गरे । यस्तै राष्ट्रिय ललितकला लेखन पुरस्कार पत्रकार देवेन्द्र थुम्केलीलाई र ललितकला पत्रकारिता पुरस्कार सुशीला तामाङलाई प्रदान गरिएको छ । त्यस्तै विधागत रुपमा सात कलाकारलाई राष्ट्रिय ललितकला पुरस्कार, १७ जनालाई ललितकला विशेष पुरस्कार तथा सात जनालाई ललितकला प्रादेशिक पुरस्कार प्रदान गरिएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!