संसदीय सुनुवाई विशेष समिति द्वारा २० राजदूतबिरुद्ध उजुरी आह्वान

शाराम्स

संसदीय सुनुवाई विशेष समितिले बिभिन्न देशका लागि प्रस्तावित २० राजदूतबिरुद्ध उजुरी आह्वान गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले प्रस्तावित राजदूतबिरुद्द संसदीय सुनुवाई गर्नु अघि कुनै उजुरी भए १० दिनभित्र समितिमा पठाउन भनिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न सकिनेछ । समितिमा उपस्थित नै भएर पनि उजुरी दिन सकिने व्यवस्था गरिएको सभापति कर्णले बताए ।

यसअघि चैत्र २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको संविधान अनुसार नियुक्ति अघि राजदूतको संसदीय सुनुवाइ हुने व्यवस्था छ । सुनुवाइ समितिले सिफारिस अनुमोदन गरे नियुक्तिको प्रक्रिया अगाडि बढ्नेछ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!