नवलपरासी : नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।
नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जमा निगुरो टिप्न जाँदा नदी तर्ने क्रममा उनीहरुलाई नदीले बगाएको थियो । आइतबार बेलुका नदीले बगाएर बेपत्ता भएका दुवै जनालाई राति मृतावस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक पाठकले जानकारी दिए ।
सम्बन्धित समाचारहरु:
भिरबाट लडेर घाइते भएका प्रहरीको मृत्यु
वैदेशिक रोजगारमा पठाइदिने भन्दै एक करोड ७४ लाख ठगी गर्ने दुई जना पक्राउ
‘जिउँदा शहीद’ मुकेश कायस्थको निधन,
अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नु पर्छ - अग्निप्रसाद सापकोटा
घाेडेजात्रा पर्व आज मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा
पाँच दलीय सत्तागठबन्धनलाई बलियो बनाएर अघि बढ्नुपर्छ - नेता बालकृष्ण खाण