पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २५६१ नम्बरको बस आइतबार राति दुर्घटना भएको हो ।
बस खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।
दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ ।
सम्बन्धित समाचारहरु:
काभ्रेपलाञ्चोकमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ७७ पुग्यो
इजराइली सेनाद्वारा गाजामा बन्धक बनाइएका पाँच जनाको शव फेला
प्रादेशिक अस्पतालको नयाँ भवनबाट सेवा सुरु
उष्णकटिबंधीय तूफान मेगी: उद्धारकर्ताहरू मृतकको सङ्ख्या बढ्दै गएपछि बाँचेकाहरूलाई...
उम्मेद्वार केशव स्थापीत विवादमा तानिए
सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड, के छ धरहराको इतिहास ?