पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २५६१ नम्बरको बस आइतबार राति दुर्घटना भएको हो ।
बस खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।
दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ ।
सम्बन्धित समाचारहरु:
दशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिदै
आज विश्व प्रेस स्वतन्त्रता दिवस
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ को मृत्यु
प्रचण्ड–माधवलाई दिएको जनमतको दूरुपयोग भयो : अध्यक्ष केपी ओली
परराष्ट्रमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेट, के विषयमा भयो छलफल ?
महिला कैदीबन्दीलाई लत्ताकपडा वितरण