पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २५६१ नम्बरको बस आइतबार राति दुर्घटना भएको हो ।
बस खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।
दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ ।
सम्बन्धित समाचारहरु:
२९ तोला सुनसहित दुई जना पक्राउ
कर्जा बिस्तारलाई सहयोग पुग्नेगरी सन्तुलित मौद्रिक नीति आयोः बैंकर्सहरु
भगवती रथजात्रा अवलोकन गर्न राष्ट्रपति पौडेल पाल्पामा
चीन र दक्षिण अफ्रिकाका लागि राजदूतमा विष्णुपुकार श्रेष्ठ र दानबहादुर तामाङको नाम...
संविधान मास्न खोज्नेलाई जनताले कुनै हालतमा विश्वास गर्दैनन् -अध्यक्ष माधव कुमार ...
विमान चालक शाक्यको स्वास्थ्यमा सुधार