एमालेको आदेश पालना गर्दै टोपबहादुर प्रहरीसामु पुग्नुभयोः महेश बस्नेत

सारांश :

नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरीसामु पुगेको बताएका छन्। नक्कली भुटानी शरणार्थी बनाएर गठी प्रकरणमा मुछिएका रायमाझी हिजो राति बुढानीलकण्ठबाट पक्राउ परेका थिए। 

पक्राउ पुर्जी जारी भएको ११ दिनपछि प्रहरी रायमाझीलाई पक्राउ गर्न सफल भएको छ।  प्रहरीका अनुसार, उनी बुढानीलकण्ठस्थित एक कार्यकर्ताको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्। 

नेता बस्नेतले भने एमालेको आदेश पालना गरेर टोपबहादुर प्रहरीसामु पुगेको भनेका छन्।  ‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोप बहादुर रायमाझी प्रहरीसामु पुग्नु भएको छ।नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पूर्ण अपराधिहरूलाई कारबाहीको दायरामा ल्याउन अनुरोध छ,’ सामाजिक सञ्जालमा बस्नेतले लेखेका छन्। 

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!