काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर विकासको स्पष्ट प्राथमिकता निर्धारण गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले उक्त प्रस्तावमा प्राथमिकता छरिएको र विकासको स्पष्ट सोच नभएको टिप्पणी गर्दै दिगो विकासका लक्ष्यसहित मुलुक निर्माणको स्पष्ट गन्तव्य तर्जुमा हुनुपर्ने माग गरे ।
सांसद वाग्लेले पुनः औद्योगिककरण र हरित अर्थतन्त्रमा ध्यान दिँदै अर्थतन्त्रमा सुधारका लागि आँट र अठोट दिइनुपर्नेमा जोड दिए ।
सम्बन्धित समाचारहरु:
सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने
उपनिर्वाचन २०८१ : आज उम्मेदवारको नामावली प्रकाशन हुने
प्रधानमन्त्री ओली भन्छन् : शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार सफल
सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा
राष्ट्रपतिसमक्ष मधेशी आयोगको प्रतिवेदन पेस
मन्त्री भण्डारीले भने : लगानीमैत्री वातावरण बनाउन मन्त्रालय क्रियाशील छ