घटेको १० प्रतिशत ब्रोकर कमिसन आजबाट लागु

सारांश :

काठमाडौँ । धितोपत्र कारोबारमा लाग्ने ब्रोकर कमिसन घटेको छ। सीडीएस एण्ड क्लियरिङकाअनुसार सेयर कारोबारलाई प्रोत्साहन हुनेगरी धितोपत्र कारोबारमा लाग्ने ब्रोकर कमिसन घटेको हो । मंगलबारदेखिको कारोबारमा घटेको ब्रोकर कमिसन कार्यान्वयनमा ल्याइएको छ ।  

यसअघि लागू भएको ब्रोकर कमिसनबाट १० प्रतिशत घटाइएको छ । ब्रोकर कम्पनीहरुले आफूले पाउने कमिसनबाट नेपाल स्टक एक्स्चेन्ज(नेप्से) लाई २० प्रतिशत रकम छुट्टै बुझाउँदै आएका थिए । तर अब ब्रोकर कम्पनीहरुको कमिसन घटेसकाले नेप्सेले पाउने कमिसनमा पनि कमी आएको छ ।

प्रणालीमा नयाँ कमिसन दर राखेर सफल परीक्षण पनि गरेको छ । अब लगानीकर्ताले शेयर कारोबारमा अधिकतम ०.३६ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्छ । अघिल्ला पटक ब्रोकर कमिसन ०.४० प्रतिशत थियो। अर्कोतर्फ ब्रोकर कमिसनको तल्लो सीमा ०.२४ प्रतिशतमा कम भएको छ ।

यससँगै कारोबार रकमका आधारमा ५० हजार रुपैयाँसम्ममा  ०.३६ प्रतिशत ब्रोकर कमिसन दर तिर्नुपर्ने छ । यसबाहेक ५० हजारदेखि ५ लाखसम्मको कारोबारका लागि ०.३३ प्रतिशतसम्म तिर्नुपर्ने छ ।

यसपछि ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मका लागि ०.३१ प्रतिशत तिर्नुपर्ने छ । यसमाथिको २० लाख रुपैयाँदेखि १ करोडसम्मका लागि ०.२७ प्रतिशत कमिसनवापत शुल्क लाग्छ। अझ १ करोडमाथिको कारोबारमा ०.२४ प्रतिशत ब्रोकर कमिसन लाग्ने छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!