दोस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड सम्पन्न, उत्कृस्ट अभिनेत्रीमा सुरक्षा पन्त

सारांश :

काठमाडौं । ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करण सम्पन्न भएको छ । काठमाडौंमा एक विशेष समारोहबीच सम्पन्न अवार्ड समारोहमा संगीतको २४ विधा र फिल्मको सात विधा गरी जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रम पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समारोहमा प्रतिष्ठित गीतकार बिबी थापालाई नगद २५ हजार ५५५ सहित दीर्घ साधना सम्मान अर्पण गरिएको थियो भने हिटाकर्मी गीता अधिकारीलाई नगद पाँच हजार १०० सहित राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान र ‘अर्थपथ डटकम’का सञ्चालक तथा सम्पादक विष्णु तारुकेलाई राष्ट्रिय पत्रकारिता सम्मान गरिएको थियो । कार्यक्रममा कलाकार पवनप्रसाद खतिवडा, साहित्यकार सृजना अर्याल, समाजसेवी तथा कवि शोबित उप्रेती, गायक हिमाल श्रेष्ठ, कलाकार तथा टेलिसिरियलका निर्देशक नेत्र राउतलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पोखरेलले नेपाली कला र संस्कृतिको संरक्षणमा कलाकारहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । ‘समाज रूपान्तरणमा पत्रकार र कलाकारको अतुलनीय भूमिका हुन्छ । नेपाली भाषा, धर्म र संस्कृति र पहिचान जोगाउनु आजको आवश्यता हो,’ पोखरेलले भन्नुभयो, ‘म सम्पूर्ण कलाकर्मी साथीहरूलाई भन्न चाहन्छु, ‘देशको रक्षा आज सबैभन्दा ठूलो कर्तव्य हो ।’

कार्यक्रम संयोजक सुरज पौडेलले ०७९ सालको अवार्ड अहिले गरिएको र अबको बर्षबाट अवार्ड कार्यक्रम निरन्तर गर्ने बताए । अवार्डको जुरीमा संगीतकार राजु सिंह, लोक गायक राजु परियार, पत्रकार अशेष अधिकारी कलाकार, चन्द्र लामा, गीतकार भीष्मराज फुलारा, मोडल उत्साह घिमिरे रहेका थिए ।

सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा भएको कार्यक्रममा–२०७९ सालमा प्रदर्शनमा आएका चलचित्र र गीतसंगीत समाबेश गरेर सर्वोतकृष्टलाई अवार्ड प्रदान गरिएको थियो । प्रवीन किराती कार्यक्रम निर्देशक रहेको कार्यक्रमको संचालन रघुनाथ सापकोटाले गरेका थिए ।

समारोहमा वेष्ट एरेन्जर (मोर्डन) मनोज चौलागाईं ‘तिमी साथ हुँदा’, वेष्ट गायन पुरुष (मोर्डन) नवीनकुमार पौडेल ‘काट्यौ कि’, वेष्ट गायन महिला (मोर्डन) नितु पौडेल ‘सिठी मारेर’, वेष्ट गायन पुरुष (लोकपप) सरोज साजन श्रेष्ठ ‘छलछल’, वेष्ट लिरिक्स (मोर्डन), चाम्लिङ सुरेश राई ‘उनकै झझल्को’, वेष्ट मोडल (पुरुष) माधव केसी ‘किन दुख्छ मुटु’, वेष्ट मोडल (महिला) आशा भुसाल ‘बिर्सेको भए’, बेयट म्युजिक भिडियो निर्देशक सत्यराज चौलागाईं ‘चाहन्छु २’ ‘वेष्ट म्युजिक भिडियो छायाँकार राहुल राई ‘कालीमोरी’, रविन्द्र बराल ‘छाती चिरेर’ (जुरी अवार्ड), वेष्ट म्युजिक भिडियो सम्पादक राकेश दाहाल ‘चाहन्छु ५’, र वेष्ट मेकअप आर्टिस्ट राकेश रनपाल ‘बेनी बजारैमा’बाट अवार्ड प्राप्त गर्न सफल भएका हुन् ।

यस्तै, वेष्ट मोडल महिला (लोक) सजिना लामिछाने ‘परदेशी भुलीगयो’, वेष्ट पप गायन (महिला) प्रिती रिमाल ‘हाम्रो माया नमरोस्’, वेष्ट पप गायन (पुरुष), मुन थकाली ‘कदम कदम’, वेष्ट एरेन्जर (पप) जीवन बडू ‘हाम्रो माया नमरोस्’, वेष्ट मोडल लोक (पुरुष) सुमित जंग थापा ‘धोका खाए’, वेष्ट संगीतकार (राष्ट्रिय गीत) बिपी वाग्ले ‘पक्कै बन्ने छ’, वेष्ट गायन (नयाँ प्रतिभा) आर के बिबश ‘तिमी साथ हुँदा त’, वेष्ट मोडल (नयाँ प्रतिभा) बोन्दिता धामी ‘आए म त’, वेष्ट मिक्स मास्टर प्रकाश मिश्र ‘पिरतीको रंग’, वेष्ट म्युजिक भिडियो मोडल (जोडी) जतिन ताम्राकार÷मल्लिका राजोपाध्याय ‘आँशु दिएर’ र वेष्ट गायिका (लोक) ‘जिस्केर मस्केर’ सरिता भारतीले अवार्ड चुम्न सफल भए ।

यस्तै, चलचित्रतर्फत वेष्ट फिल्म ‘डेसान’ (द एपिडेमिक), वेष्ट फिल्म निर्देशक खिलबहादुर गुरुङ ‘मन्त्र’, उत्कृस्ट अभिनेत्री सुरक्षा पन्त ‘बहाव’, वेष्ट सिनेम्याटोग्राफर सुशन प्रजापति ‘लाखे’, वेष्ट स्क्रिनप्ले कमल÷आरुष जंग ‘डेसान’ (द एपिडेमिक), वेष्ट एडिटर मित्र डि.गुरुङ ‘मन्त्र’, वेष्ट अभिनेता सौगात मल्ल ‘मन्त्र’, वेष्ट राष्ट्रिय फिल्म ‘गोर्खा ब्रिनिथ द ब्रेभरी’, वेष्ट टेलिचलचित्र निर्देशक दिवाकर भण्डारी (सापटे काका), वेष्ट नेगेटिभ क्यारेक्टर आर्टिष्ट सुगत कारजित र सुवाश गुरुङ (गणेश) जुरी अवार्ड कल्चरल मुभीबाट अवार्ड प्राप्त गरेका थिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!