काठमाडौँ । २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले घोषणा गरेका छन् ।
रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि गौरवको योजना अन्तर्गत २०८१ जनालाई रोजगारी दिने उद्देश्यले काठमाडौँको टुडिखेलमा तालिम कार्यक्रम सञ्चालन गर्न लागेको शाहले आफ्नो फेसबुक पेजमार्फत लेखेका छन् ।
प्रमुख शाहका अनुसार यो तालिम महानगरमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने महानगरवासीहरू, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, अपाङ्गता भएका व्यक्ति र हिजोका दिनमा गैरकानुनी रूपमा फुटपाथ, सडक र ठेला व्यवसाय गर्ने व्यक्तिहरूलाई लक्षित गरेर आयोजना गरिने छ ।
वैशाख १९ गतेदेखि तालिम कार्यक्रम शुरु हुने भनिएको तालिममा सम्पूर्ण नेपाली नागरिक सहभागी हुन सक्ने र सहभागी हुन इच्छुक व्यक्तिहरूले २०८१ वैशाख १५ गतेभित्र तोकिएका कागजात र विवरण अपलोड गरेर आवेदन दिन उनले आग्रह गरेका छन् ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts