वैदेशिक रोजगारीमा कुवेत पुगेका तीनजना नेपालीको ज्यान गयो

सारांश :

काठमाडौं । वैदेशिक रोजगारीमा कुवेत पुगेका तीनजना नेपालीको कार दुर्घटनामा परि मृत्यु भएको छ ।

मंगलबार बिहान महबुला शहरको सिसाइड रोडमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको नेपाली राजदूतावासले जनाएको छ ।

उनीहरु सबै एकै कम्पनीमा कार्यरत थिए । उनीहरूको घटनास्थलमै ज्यान गएको नेपाली दूतावास कुवेतका सूचना अधिकारी प्रेमराज गौतमले जानकारी दिएका छन् । दुर्घटनामा परि ज्यान गुमाउने तीनैजना नेपालीको पनि पहिचान खुलेको छ।

मृत्यु हुनेमा काठमाडौंको सानो भर्‍याङ्गका सुजन कार्की, अछामको पन्चदेवल विनायक नगरपालिका–५ का सुरतबहादुर कडायत, धनुषाका धिरज गुर्मछाने मगर रहेका छन्। उनीहरु पापाजोन कम्पनीमा कार्यरत थिए ।

हवालीमा बस्दै आएका कार्की र मगर सोमबार राति महबुला बस्ने साथी कडायतलाई भेट्न गएका थिए ।

मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत साथीहरुलाई बस चढाउन आएका थिए । सोही क्रममा कारले ठक्कर दिँदा तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

परिवारसँग सम्पर्क गरी शव नेपाल पठाउने तयारी भइरहेको सूचना अधिकारी गौतमले बताएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!