काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई राजदूत पदको पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति कार्यालय, शितल निवासमा आज आयोजित समारोहमा नवनियुक्त राजदूत पौडेललाई शपथ गराइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचारहरु:
सरकारबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै
हामी बिरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन्ः अध्यक्ष नेपाल
संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु
दुर्गा प्रसाईंलाई पोखराबाटै पक्राउ गर्ने तयारी
आज पनि प्रतिनिधि सभा बैठक बस्ने ,के छ कार्यसूचीमा ?
सर्वसहमतिमा नै संविधान संशोधन गर्नुपर्छ : शेखर कोइराला