काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छिन् ।
नेपाली कांग्रेसका उम्मेदवार उहाँले कामपा–१६ पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी हुन् । मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले काठमाडौँको फोहरमैला व्यवस्थापन, ट्राफिक जाम हटाउने र सुरक्षित सहर बनाउने आफ्नो प्रतिबद्धता रहेको बताईन । कांग्रेस र गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताउन उनले अपिल गरेकी छिन् ।
कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन महत्वपूर्ण भएकाले आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताई आग्रह गरे ।
उनले गठबन्धन देशको आवश्यकता रहेको बताएका छन् ।
सम्बन्धित समाचारहरु:
ताप्लेजुङमा रेडपाण्डा संरक्षणमा दुई करोड बजेट खर्च गरिँदै
राष्ट्रसङ्घ दिवसमा हेलिकप्टरबाट पुष्प वर्षा गरिँदै
भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु
प्रादेशिक अस्पतालको नयाँ भवनबाट सेवा सुरु
मौसममा सुधार आएसँगै ताप्लेजुङकाे सुकेटार विमानस्थलमा पुनः उडान सुरु
धादिङको जंगलमा भएको आगलागीको अझै रोकिएन