देशभर स्थानीय तहको निर्वाचन भईरहेको छ ।
निर्वाचनका क्रममा देशभर गाडी चलाउन रोक लगाइएको छ । चुनावको बेला आचारसंहिता उल्लङ्घन र अरु अप्रिय घटनाहरु नहुन् भनेर आज बिहान ६ बजेदेखि बेलुका मतदानको समय नसकिउञ्जेल दुई पाङ्ग्रे लगायत सबै गाडीहरु चलाउन रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ । एक ठाउँमा मत हालेको व्यक्ति अर्को ठाउँमा गएर भिड जम्मा नगर्न तथा अनावश्यक प्रभाव पार्ने काम रोक्न गाडी चलाउन बन्द गर्नुपरेको गृह मन्त्रालयको भनाइ छ । यो अवधिमा अत्यावश्यक गाडी चाहिँ सञ्चालन भइरहेका छन् । एम्बुलेन्स, शव वाहन, दूध तथा तरकारी बोकेका गाडी लगायत अत्यावश्यकीय सेवाका गाडीलाई पास नचाहिने निर्वाचन आयोगले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
पोखरामा रगतकाे अभाव
राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न बजेटको समस्या हुन दिन्नः मन्त्री म...
सुशील थापा - काठमाडौंको रुपान्तरणका लागि काम गर्छु ।
आयातको उच्चबृद्धिले मुलुकको व्यापार घाटा ३४ दशमलव ८ प्रतिशतले बृद्धि भएको छ - र...
स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकारले थाल्यो आवश्यक तय...
महानगरले लगायो सामुदायिक विद्यालयले भाडामा दिएका सटरमा ताला