देशभर स्थानीय तहको निर्वाचन भईरहेको छ ।
निर्वाचनका क्रममा देशभर गाडी चलाउन रोक लगाइएको छ । चुनावको बेला आचारसंहिता उल्लङ्घन र अरु अप्रिय घटनाहरु नहुन् भनेर आज बिहान ६ बजेदेखि बेलुका मतदानको समय नसकिउञ्जेल दुई पाङ्ग्रे लगायत सबै गाडीहरु चलाउन रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ । एक ठाउँमा मत हालेको व्यक्ति अर्को ठाउँमा गएर भिड जम्मा नगर्न तथा अनावश्यक प्रभाव पार्ने काम रोक्न गाडी चलाउन बन्द गर्नुपरेको गृह मन्त्रालयको भनाइ छ । यो अवधिमा अत्यावश्यक गाडी चाहिँ सञ्चालन भइरहेका छन् । एम्बुलेन्स, शव वाहन, दूध तथा तरकारी बोकेका गाडी लगायत अत्यावश्यकीय सेवाका गाडीलाई पास नचाहिने निर्वाचन आयोगले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
देशको राजनीतिक स्थिरताका लागि सवै दलको सहमतिमा संविधान संशोधन गरिनेछः प्रधानमन्...
आज थप १२ जनामा कोरोना संक्रमण
नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन
यसरी मनाइँदैछ गाईजात्रा (तस्बीरहरु)
प्रधानमन्त्री प्रचण्डद्धारा औद्योगिक क्रान्तिमा पछि परेका देशका चुनौती सम्बोधन ग...
दलहरुबीच भएको सहमतिले नयाँ इतिहास रच्ने अध्यक्ष नेपालको विश्वास