निर्वाचनको परिणाम एमालेको पक्षमा आउछ -अध्यक्ष केपी शर्मा ओली

शाराम्स

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको परिणाम एमालेको पक्षमा आउने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार भक्तपुरको बालकोटमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले स्थानीय निर्वाचनमा गठबन्धन भन्दा एमालेले धेरै स्थानमा जित्ने दावी गरे । ओलीले अब एमाले एक्लै एउटा र अरु मिलिजुली अर्को दल बन्ने बताएका छन् ।

वडासम्म पनि एक्लै लड्ने हिम्मत कांग्रेसमा नरहेको उनले बताए । त्यस्तै ओलीले ९ वैशाखसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्न प्रस्ताव गरेको र आफुले अस्वीकार गरेको जिकिर गरे ।

उनले निर्वाचन हार्ने गठबन्धनका तर्फबाट आक्रमण गर्ने काम भइरहेको आरोप लगाएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!