संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न प्रेरणा मिल्ने प्रधानमन्त्रीको विश्वास

सारांश :

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिर रहेका साहित्यानुरागीका साथै समस्त नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

भानु जयन्तीका अवसरमा आज दिएको सन्देशमा उनले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न यो दिवसले थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

“आजको दिनले आदिकवि भानुभक्तका योगदानहरूको स्मरण र सम्मानसहित हाम्रो प्राचीन दर्शन, सभ्यता, संस्कृति र  साहित्यका असल पक्षहरू अनुशरण गर्दै संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।” सामाजिक सञ्जालबाट जारी गरिएको प्रधानमन्त्री दाहालको सन्देशमा भनिएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!