निर्वाचनमा उत्साहपूर्वक सहभागीता जनाउनु – दिनेश थपलिया

सारांश :

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा उत्साहपूर्वक सहभागीता जनाउन आग्रह गर्नुभएको छ ।

भक्तपुरको लोकन्थलीस्थीत उपस्वास्थ्य चौकीमा रहेको मतदान स्थलमा मतदान गर्दै थपलियाले भयरहित र शान्तिपूर्ण रुपमा निर्वाचन गर्न आयोग प्रतिवद्ध रहेको भन्दै निर्वाचनमा उत्साहपूर्वक सहभागीता जनाउन आग्रह गरेका हुन् । ५ बर्षमा एक पटक आउने निर्वाचनलाई अवसरको रुपमा प्रयोग गर्न पनि उहाले अनुरोध गरेका छन् । उनले निर्वाचनलाई व्यवस्थीत गर्न मोनिटर भइरहेको जानकारी दिएका छन् ।उनले आयोगको कल सेन्टरबाट पनि सेवा प्रवाह भइरहेको बताएका छन् । उनले मतदान गोप्य हुने भएपनि मतगणनालाई पारदर्शी बनाउन जरुरी रहेको धारणा राखेका छन् ।

उनले शनिबार साँझदेखि निर्वाचनको नजिता आउन सुरु हुने बताए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!