एमाले र राप्रपा नेपालबीच तालमेल

सारांश :

आगामी स्थानीय निर्वाचनमा नेकपा एमाले र राप्रपा नेपालबीच चूनावी तालमेल हुने भएको छ ।

बुधबार थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयमा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति भएको हो । आगामी चुनावमा देशभरका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । त्यस्तै बुधबार नै एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति भएको छ । यसैबीच एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आगामी निर्वाचनमा एमालेले एक्लै जित्न सक्ने आधार रहेको भन्दै औचित्य र आवश्यकता आधारमा मात्र तालमेल हुनुपर्ने बताएका छन् ।

उनले पुराना कुरालाई सम्झने हो भने कमल थापा नेतृत्वको राप्रपा नेपालसंगको तालमेलले धेरै प्रश्न उठाउने भएपनि परिवर्तित अवस्थामा आफुलाई रुपान्तरण र समृद्ध नेपालको पक्षमा उभिए कुनै समस्या नरहेको बताए । उनले गणतन्त्रबिरोधीसंग तालमेल हुन नसक्ने र राप्रपा नेपालले गणतन्त्र स्वीकार गरिसकेको देखिएको तर्क गरे । त्यस्तै शाक्यले पाँच दलको गठबन्धनले एमाले सिद्धाउने खेलमा लागेको भन्दै उनीहरुसंग चूनावी तालमेल हुनै नसक्ने स्पष्ट पारे ।

यसअघि एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहमा केहि दलसंग तालमेल हुन सक्ने बताएका थिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!