
सत्तारुढ गठबन्धनले स्थानीय तहको उमेदवार सिफारिस गर्न मापदण्ड बनाएको छ ।
बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकले उमेदवार सिफारिस गर्न सात बँुदे मापदण्ड बनाएको हो । त्यसैका आधारमा तल्ला तहले उमेदवारको टुङ्गो लगाउने छन् । यसैगरी नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखको सिट बाँडफाँड गरेर वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले वैशाख ५ गतेभित्र केन्द्रमा पठाउनुपर्ने निर्णय भएको छ । महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको टुङ्गो भने केन्द्रको गठबन्धनको संयन्त्रले तय गर्ने सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
बैठकले तल्लो तहसम्म पाँच दलबीच मात्र चुनावी तालमेल गर्न सकिने निर्णय गरेको कार्कीले बताएका छन् ।
सम्बन्धित समाचारहरु:
गोरखामा पहिरोमा परेर चार जना बेपत्ता, दुई घाइते
यस वर्ष ५ लाख भन्दा बढिले एसइई दिँदै
एमालेको घोषणापत्र र उम्मेदवारबारे खुला बहस गर्न तयार छु- अध्यक्ष केपी शर्मा ओली
मन्त्रिपरिषद् बैठकः भूमि समस्या समाधान आयोगको गठन गर्ने सरकारको निर्णय
उपनिर्वाचन : बझाङमा सर्वदलीय बैठकको तयारी
स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित छ -अध्यक्ष केपी शर्मा