
सत्तारुढ गठबन्धनले स्थानीय तहको उमेदवार सिफारिस गर्न मापदण्ड बनाएको छ ।
बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकले उमेदवार सिफारिस गर्न सात बँुदे मापदण्ड बनाएको हो । त्यसैका आधारमा तल्ला तहले उमेदवारको टुङ्गो लगाउने छन् । यसैगरी नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखको सिट बाँडफाँड गरेर वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले वैशाख ५ गतेभित्र केन्द्रमा पठाउनुपर्ने निर्णय भएको छ । महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको टुङ्गो भने केन्द्रको गठबन्धनको संयन्त्रले तय गर्ने सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
बैठकले तल्लो तहसम्म पाँच दलबीच मात्र चुनावी तालमेल गर्न सकिने निर्णय गरेको कार्कीले बताएका छन् ।
सम्बन्धित समाचारहरु:
महाशिवरात्रिमा जहाजबाट कैलाश मानसरोवरको दर्शन
गोदावरी कि धनगढी: प्रदेश राजधानी विवादमा
एक वर्षसम्म पनि अरुण तेस्रो प्रवेशमार्गका पीडितकाे रकम आएन
उद्योगमा काटिएका बिजुलीका लाइन आजै जोड्ने निर्णय
पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग
देशभित्रै रोजगारी सिर्जना गर्न श्रमाधान मेला महत्वपूर्ण : मन्त्री भण्डारी