सत्तारुढ गठबन्धनले स्थानीय तहको उमेदवार सिफारिस गर्न मापदण्ड बनायो

सारांश :

सत्तारुढ गठबन्धनले स्थानीय तहको उमेदवार सिफारिस गर्न मापदण्ड बनाएको छ ।
बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकले उमेदवार सिफारिस गर्न सात बँुदे मापदण्ड बनाएको हो । त्यसैका आधारमा तल्ला तहले उमेदवारको टुङ्गो लगाउने छन् । यसैगरी नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखको सिट बाँडफाँड गरेर वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले वैशाख ५ गतेभित्र केन्द्रमा पठाउनुपर्ने निर्णय भएको छ । महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको टुङ्गो भने केन्द्रको गठबन्धनको संयन्त्रले तय गर्ने सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

बैठकले तल्लो तहसम्म पाँच दलबीच मात्र चुनावी तालमेल गर्न सकिने निर्णय गरेको कार्कीले बताएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!