काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि इजरायली राजदूत हनान गोडेरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषय र सहयोग विस्तार सम्बन्धमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले बिद्रोही हमासको आक्रमणका क्रममा हालसम्म पनि अज्ञात रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी तथा रिहाइका लागि आवश्यक प्रयास गरिदिन आग्रह गरेका छन् ।
भेटमा राजदूत गोडेरले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
कीर्तिपुर-१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन
उपनिर्वाचन २०८१ : आज उम्मेदवारको नामावली प्रकाशन हुने
थपिएको मत थपिएको जिम्मेवारी हो : रवि लामिछाने
गानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ: अर्थमन्त्री पुन
संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेबिरुद्ध एकजुट हुनुपर्छ - अध्यक्ष पुष्प...
प्रधानमन्त्री प्रचण्डद्धारा औद्योगिक क्रान्तिमा पछि परेका देशका चुनौती सम्बोधन ग...