काठमाडौं । जनताले देख्ने र अनुभव गर्ने गरी काम गर्न पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् । अपारदर्शी र भ्रष्ट क्रियाकलापमा संलग्न नहुन पनि उनले मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
नेकपा एमाले संसदीय दलको बैठकलाई आज मंगलवार संसद् भवन नयाँ बानेश्वरमा सम्बोधन गर्दै ओलीले अहिलेको परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न आग्रह गरेका हुन् ।
मन्त्रीजीहरूले जनताले देख्ने गरी अनुभव गर्ने गरी सकारात्मक काम गर्नुस् । अहिलेको परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न आग्रह गर्छु । कुनै प्रकारको अवगाल आउने काम नहोस्’, ओलीले भने, ‘अपारदर्शी र भ्रष्ट क्रियाकलाप गर्नु हुँदैन, अरूले गरे पनि सहँदैनौं । भ्रष्टाचार मुक्त र सुशासन युक्त देश हुनुपर्छ । स्वच्छता र पारदर्शी हुनुपर्छ ।