काठमाडौं । जनताले देख्ने र अनुभव गर्ने गरी काम गर्न पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् । अपारदर्शी र भ्रष्ट क्रियाकलापमा संलग्न नहुन पनि उनले मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
नेकपा एमाले संसदीय दलको बैठकलाई आज मंगलवार संसद् भवन नयाँ बानेश्वरमा सम्बोधन गर्दै ओलीले अहिलेको परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न आग्रह गरेका हुन् ।
मन्त्रीजीहरूले जनताले देख्ने गरी अनुभव गर्ने गरी सकारात्मक काम गर्नुस् । अहिलेको परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न आग्रह गर्छु । कुनै प्रकारको अवगाल आउने काम नहोस्’, ओलीले भने, ‘अपारदर्शी र भ्रष्ट क्रियाकलाप गर्नु हुँदैन, अरूले गरे पनि सहँदैनौं । भ्रष्टाचार मुक्त र सुशासन युक्त देश हुनुपर्छ । स्वच्छता र पारदर्शी हुनुपर्छ ।
सम्बन्धित समाचारहरु:
कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन गर्ने माओवादी केन्द्रकाे निर्णय
कांग्रेसले एक्लै प्रतिष्पर्धा गर्नुपर्ने बधियेता
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले घोषणापत्र सार्वजनिक गर्यो
चिकित्सा शिक्षा क्षेत्रलाई सस्तो र सुलभ बनाउनुपर्नेमा नेता कोइरालाको जोड
आज ६ वटा संसदीय समितिको बैठक बस्दै
फर्किए नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी