काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा एक शिक्षिकाविरुद्ध मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाल मन्दिर माध्यमिक विद्यालय तनहुँकी शिक्षिका सुनिता उपाध्याय पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा व्यास नगरपालिका तनहुँमा कार्यरत पौडेलविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगको स्रोत अनुसार उनले हाइस्कूल तहको नक्कली प्रमाणपत्र पेश गरी प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा नियुक्ति लिएकी थिइन् ।
आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबी गरेको छ ।
सम्बन्धित समाचारहरु:
बित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता रहेको...
कांग्रेसको घोषणापत्रमा आफ्नो आलोचना देखेर एमाले अध्यक्ष केपी ओली आक्रोशित - महा...
नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेन
नदीजन्य वस्तु उत्खनन रोकिँदा विकास निर्माण प्रभावित
शंखमुलमा आगलागी हुँदा पाँचवटा पसल जलेर नष्ट , लाखौंको क्षति
दलहरुबीच भएको सहमतिले नयाँ इतिहास रच्ने अध्यक्ष नेपालको विश्वास