बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सारांश :

काठमाडौँ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।


समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!