स्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु भएको छ । भवन भत्किँदा २ जना गम्भीर घाइते भएका छन् ।
तीनतले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले घटनाको आधिकारिक जानकारी दिएका छन् ।
घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उनले जानकारी दिएका छन् । मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको उनले बताएका छन् ।
भवन भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।
सम्बन्धित समाचारहरु:
दक्षिण कोरियाको बेरोजगारी दर फेब्रुअरीमा १३.३ प्रतिशत घट्यो
वेस्ट बैंकमा इजरायली आक्रमणको क्रममा अल-जजिरा रिपोर्टरको मिर्त्यु
गाजाको ८४ प्रतिशत भूभागमा इजरायलद्वारा बस्ती खाली गर्ने आदेश
साठी लाख अफगानीलाई सहायता वितरण
उत्तरी गाजामा भएको इजरायली हमलामा ५५ जनाभन्दा बढीको मृत्यु
गहुँको भण्डारणको स्थिती अनिवार्य घोषणा गर्न भारत सरकारकाे निर्देशन